
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेशलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गरेका छन् । बुधवार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले देश र मधेशलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गरेका हुन् ।
अब देश र मधेशलाई अलग-अलगत बनाएर खोलिएका सबै दोकान बन्द हुने उनको भनाइ छ । 'देश र मधेशलाई अलग-अलग बनाएर खोलिएका सबै दोकान यसपटक बन्द हुनेछन् । अब पहाड, मधेश र हिमालको कुरा होइन नेपालको कुरा हुनेछ,' उनले भने, 'देश र मधेशलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौं ।'
सभापति लामिछानेले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गरे ।