
आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन १५ हजार ४०० र एक तोलाको चाँदीको पाँच हजार ७२५ कायम भएको छ ।
गत मङ्गलबार तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ७१५ निर्धारण भएको थियो ।
हिजो बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ ।
गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।