०५ साउन २०८३, मंगलबार

हाम्रै पार्टीका कतिपय नेताहरू भ्रष्टाचार मुद्दामा जोडिएका छन्, सत्य-तथ्य छानबिन होस् : भट्टराई

फागुन १६, २०८२
काठमाडौं
हाम्रै पार्टीका कतिपय नेताहरू भ्रष्टाचार मुद्दामा जोडिएका छन्, सत्य-तथ्य छानबिन होस् : भट्टराई

नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भदौ २३/२४ गतेको जेनजी आन्दोलनमा उठाइएको सुशासन र भ्रष्टाचारसँग सम्बन्धित माग महत्त्वपूर्ण रहेको बताएका छन् । शनिबार दिउँसो भिडियो सन्देश जारी गर्दै उनले विगतमा सरकार चलाउँदा सुशासनको सवाल, भ्रष्टाचार उन्मूलनलगायतको काममा परिणाममुखी काम गर्न नसकेको पनि स्वीकार गरेका छन् । 

भ्रष्ट्राचारमा जोडिएका आफ्नै पार्टी नेता भए पनि छानबिनको दायरामा आउनुपर्ने उनको भनाइ छ । 'हाम्रै पार्टीका कतिपय नेताहरू भ्रष्टाचारको मुद्दामा जोडिएका छन् । ती कति सत्य छन्, कति असत्य छन्, राज्यको निकायबाट छानबिन होस् भन्ने हामी चाहन्छौँ,' उनले भनेका छन्, 'नेकपा एमाले र यसका नेताहरू छानबिनको दायराभन्दा टाढा जानु हुँदैन । हामी त्यो दायराभित्र बस्न चाहन्छौँ र राज्यका निकायले छानबिन गरोस् भन्ने चाहन्छौँ ।'

उनले पार्टीभित्रको अन्तर्विरोधलाई थाती राखेर एकताबद्ध चुनावी लाग्न  पनि आह्वान गरेका छन् । भट्टराईले अहिले पार्टीलाई जिताउन सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्