०५ साउन २०८३, मंगलबार

कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बीपी)

फागुन १७, २०८२
काठमाडौं
कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बीपी)

नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ ।

आइतबार काठमाडौंमा आयोजना गरिएको चुनावीसभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेस (बीपी) कांग्रेसमा समाहित भएको घोषणा गरिएको हो ।

कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ । 

नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्पअघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।

नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ ।

समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।

नेपाली कांग्रेस बीपी समाहित भएपछि नेपाली कांग्रेस थप सशक्त भएको कांग्रेसका नेताहरूले बताएका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्