
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताका सवालमा गम्भीर भएर सोच्न मतदातालाई आग्रह गरेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमाम आज भिडियो सन्देश दिँदै उनले आफूले देशको हित र विकासका लागि सक्दो प्रयास गर्दै आएको स्मरण गराउँदै ‘देश पहिलो’ भन्ने मान्यताका साथ एमालेलाई विजयी गराउन आग्रह गरे ।
आफूप्रति भ्रम फैलाइएका कारण मानिसमा गुनासा, प्रश्न हुन सक्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले केही आफूबाट पनि कमजोरी भएका हुनसक्ने स्वीकार गरे । उनले देश बनाउने अभियानमा अघि बढेकाले अब देशका संरचना कहिल्यै नजल्ने सुनिश्चिता चाहिएको तर्क गरे ।