२९ असार २०८३, सोमबार
प्रतिनिधि सभा निर्वाचन

मधेशमा एकैरात दुई उम्मेदवार पक्राउ : एउटाको गाडीमा नगद, अर्काकोमा शंकास्पद वस्तु भेटियो

फागुन २०, २०८२
काठमाडौं
मधेशमा एकैरात दुई उम्मेदवार पक्राउ : एउटाको गाडीमा नगद, अर्काकोमा शंकास्पद वस्तु भेटियो

सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला नगदसहित गएराति उनलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा यादवसहित पाँच जना छन् । उनीहरूको साथबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डीआईजी थपलियाले जानकारी दिए ।

नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३० बजे सिरहाको शिवचोकमा संयुक्त चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो ।

चेकजाँचका क्रममा गाडीमा नगद भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उता पर्सामा पनि अर्को उम्मेदवार पक्राउ परेका छन् । गएराति नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । गाडीमा शंकास्पद वस्तु फेला परेपछि मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेकजाँचका क्रममा चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु भेटिएपछि गाडीसहित गाडीमा सवार सबै जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए। 

गाडीको डिक्कीमा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो। भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीको निगरानीमा राखिएको उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्