२३ असार २०८३, मंगलबार

कतारमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डामा इरानी क्षेप्यास्त्र प्रहार

फागुन २०, २०८२
काठमाडौं
कतारमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डामा इरानी क्षेप्यास्त्र प्रहार

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले क्षेप्यास्त्र प्रहार गरेको छ।

कतारको रक्षा मन्त्रालयका अनुसार, इरानबाट दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो । तीमध्ये एउटा क्षेप्यास्त्र कतारको वायु रक्षा प्रणालीले आकाशमै खसालिदिएको थियो ।

अर्को क्षेप्यास्त्र भने अल उदेद एयर बेस क्षेत्रमा खसेको बताइएको छ । यो अड्डा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डामध्ये एक हो ।

कतारले यस आक्रमणमा कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ ।

यस घटनाबारे अमेरिकाले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्