०६ साउन २०८३, बुधबार

प्रदीप ज्ञवाली र सागर ढकालले गरे गुल्मी १ मा मतदान

फागुन २१, २०८२
काठमाडौं
प्रदीप ज्ञवाली र सागर ढकालले गरे गुल्मी १ मा मतदान

गुल्मी क्षेत्र नम्बर १ का एमाले उम्मेदवार प्रदीप ज्ञवाली र रास्वपा उम्मेदवार सागर ढकालले मतदान गरेका छन् ।

ज्ञवालीले रूरूक्षेत्र गाउँपालिकास्थित चौतारा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

ढकालले ज्ञानोदय मतदान केन्द्र चेंगाबाट मतदान गरेका हुन् ।

विगत ३ दिनदेखि पानी मात्र खाएर र चोखो लुगा लगाएर मतदान गरेको ढकालले सामाजिक सञ्जालमा लेखेका छन् ।

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपाका सुदर्शन बराल पनि उम्मेदवार छन् ।

२०७९ सालको चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवासँग स्वतन्त्र चुनाव लडेका ढकाल उम्मेदवार रहेको गुल्मी १ चर्चामा छ ।

salt training

कमेन्ट गर्नुहोस्