०२ साउन २०८३, शनिबार

पूर्वगृहमन्त्री लेखकले गरे मतदान

फागुन २१, २०८२
काठमाडौं
पूर्वगृहमन्त्री लेखकले गरे मतदान

नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । 

कञ्जनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट उनले मतदान गरेका हुन् । कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक यसपटक चुनावी मैदानमा छैनन् ।

सभापति गगन थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले साथ दिएका थिए ।

लामो समय कञ्चनपुरमै रहेका उनी मतदान गरेर केही दिनमा काठमाडौं फर्किने छन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्