०९ साउन २०८३, शनिबार

कोशीका मुख्यमन्त्री कार्कीले गरे सूर्योदय केन्द्रबाट मतदान

फागुन २१, २०८२
झापा
कोशीका मुख्यमन्त्री कार्कीले गरे सूर्योदय केन्द्रबाट मतदान

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गरेका हुन् ।

मतदानपछि उनले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गरे ।

झापा क्षेत्र नम्बर ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ ।

जिल्लामा हालसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्