
देशका विभिन्न ८ जिल्लाका मतपेटिका शुक्रबार मात्रै मतगणनास्थलमा पुर्याइने भएको छ ।
निर्वाचन आयोगले मतदान सम्पन्न भएको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार संखुवासभा, मनाङ, सोलुखुम्बु, पश्चिम रुकुम, बझाङ, बाजुरा, हुम्ला र गोरखाका मतपेटिका भोलि शुक्रबार मात्रै मतगणनास्थलमा पुर्याइनेछ ।
जिल्ला सदरमुकाममा मतगणना हुनेछ ।