
बिहीवार भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं उपत्यकामा रास्वपाको शुरूआती अग्रता देखिएको छ । मतगणना शुरू भएका काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदारले अग्रता बनाएका हुन् ।
काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शना अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका प्रबल थापाले पछ्याइरहेका छन् । राप्रपाका रवीन्द्र मिश्र तेस्रोमा छन् ।
काठमाडौं १० मा प्रदीप विष्टले शुरुवाती अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवार विनोद श्रेष्ठले पछ्याइरहेका छन् ।
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले शुरूवातमै फराकिलो अग्रता बनाएका छन् । उनलाई कांग्रेसका सपना राजभण्डारीले निकै पछिबाट पछ्याइरहेकी छन् ।
काठमाडौं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङको अग्रता छ भने रास्वपाका राजु पाण्डेले पच्छाइरहेका छन् ।
काठमाडौं–४ मा रास्वपाका पुकार बमले अग्रता बनाएका छन् । उनलाई एमालेका डा. राजन भट्टराईले र कांग्रेसका सचिन तिमल्सेनाले पछ्याइरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ मा पनि रास्वपाका उम्मेदवार गणेश पराजुलीले अग्रता प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार सुनिल केसीले अग्रता लिएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवारले अग्रता छ । रास्वपाका उम्मेदवार सस्मित पोखरेललाई कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले पछ्याइरहेका छन् । एमालेका उम्मेदवार ईश्वर पोखरेल तेस्रोमा छन् ।