
मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रता कायम गरेको छ ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार गणेश कार्की १०९३ मतसहित पहिलो स्थानमा उक्लिएका छन् ।
कार्कीलाई नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले पछ्याइरहेका छन् । शर्माले हालसम्म ९६३ मत प्राप्त गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर ८९२ मतका साथ तेस्रो स्थानमा देखिएका छन् ।

नेकपा एमालेका उम्मेदवार इरान राई भने प्रतिस्पर्धामा निकै पछाडि देखिएका छन् । राईले हालसम्म २८६ मत मात्र प्राप्त गरेका छन् ।
मोरङका सबै क्षेत्रहरूमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बलियो देखिएको छ ।