
भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निरन्तर पछाडि परिरहेका छन् । यहाँ बस्नेत चार हजार ४६४ मतले पछाडि परेका छन् ।
पछिल्लो विवरण अनुसार यहाँ रास्वपा उम्मेदवार राजीव खत्रीले सात हजार २ मत प्राप्त गरेका छन् । यता‚ बस्नेतले भने दुई हजार ५३८ मत पाएका छन् ।
नेपाली कांग्रेस उम्मेदवार कबिर राणाले १ हजार १५८ मत प्राप्त गर्दा नेमकिपा उम्मेदवार रमेश वैधले २५६ मत पाएका छन् ।
क्षेत्र नम्बर १ मा पनि रास्वपा नै अघि छ । नेमकिपा गढ मानिने यस क्षेत्रमा रास्वपाका रुकेश रन्जितले ३ हजार १३१ को मतको अग्रता कायमै राखेका छन् ।
रन्जितले ८ हजार ३०८ मत प्राप्त गर्दा नेमकिपा उम्मेदवार प्रेम सुवालले पाँच हजार १७७ मत पाएका छन् । कांग्रेस उम्मेदवार किरण न्यौपानेले १ हजार ३०७ मत पाएका छन् ।