
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार गणेश कार्कीले १ हजार ९२५ मतसहित अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले १ हजार ८१० मतसहित कार्कीलाई पछ्याइरहेका छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले १ हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गरेका छन् ।