
सर्लाही ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो नतिजाअनुसार अमरेशले ६ हजार २६४ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।
प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले ३ हजार ६७१ मत प्राप्त गरेका छन् ।
यहाँ एमालेका अमनिशकुमार यादव ८९४ र जनमत पार्टीका राकेश मिश्राले ३८२ मत प्राप्त गरेका छन् ।