
सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले नयाँ मोड लिएको छ ।
अहिलेसम्मको नतिजा अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।
धनगढी उपमहानगरपालिका समेत रहेको कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अन्य सबै उम्मेदवारको मत जोड्दा पनि पुग्न नसक्ने गरी ‘कमान्डिङ’ अग्रता लिएका छन् ।
कूल १९,५०३ मत गणना हुँदा चन्दले ९,४५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ३,५६८ मत ल्याएका छन् ।
एमालेका यज्ञराज ढुंगानाले २,१५३ र नेकपाका प्रेमबहादुर आले २,२४६ मत ल्याएका छन् ।
यस्तै कैलाली क्षेत्र नम्बर ४ मा पनि रास्वपाले आफ्नो अग्रता कायमै राखेको छ ।
रास्वपा (घण्टी): २,१३३ मत
एमाले (सूर्य): ६३० मत
कांग्रेस (रुख): ५६२ मत
नेकपा (तारा): २११ मत
कैलाली क्षेत्र नं. ३:
वीरमान चौधरी (तारा): ३,४५५
भीम बडुवाल (कांग्रेस): १,७२५
गौरी शंकर चौधरी (एमाले): १,३९५
कैलाली क्षेत्र नं. २:
केपी खनाल (घण्टी): १,७७९
सूर्य बहादुर थापा (सूर्य): १,५३०
विजय बहादुर स्वार (रुख): १,२०९
नन्द बहादुर साउद (तारा): १,०७२
कैलाली क्षेत्र नं. १
कोमल ज्ञवाली (घण्टी): ६,४६५
जनकराज चौधरी (कांग्रेस): ४,४०९
रामलाल डगौरा थारू (तारा) : ३१०३
द्वारिकाप्रसाद न्यौपाने (एमाले): २,०१९
फागुराम थारू (स्वतन्त्र): २,०१५