
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १७ क्षेत्रमा विजयी भएको छ । बिहान साढे ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
नेपाली कांग्रेसले पाँच क्षेत्रमा जीत निकालेको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ९ स्थानमा अगाडि छन् ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भए । जारी मतगणनामा नेकपाका उम्मेदवार १० क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।
एमालेबाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भए । एमालेका उम्मेदवार १० निर्वाचन क्षेत्रमा अगाडि छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार ६, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन्
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । प्रारम्भिक मत गणनाको तथ्यांकअनुसार रास्वपाले ३९ हजार ४ सय ८३ मत गणना हुँदा २२ हजार ४ सय ४२ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले ७ हजार ५ सय ५ मत प्राप्त गरेको छ ।
त्यस्तै तेस्रो राप्रपाले ३ हजार १सय ६९ मत पाएको छ । राप्रपापछि नेकपा एमाले छ । एमालेले २ हजार ९ सय ९० मत पाएको छ । एमालेपछि श्रम संस्कृति पार्टीले मत पाएको छ । उसले ९ सय ६० मत पाएको छ । नेकपाले ९ सय ५१ मत पाएको छ ।