०२ साउन २०८३, शनिबार
मतगणना अपडेट

झापा-५ मा ६२ हजार मत गन्दा ओली-बालेनले कति ल्याए ?

फागुन २३, २०८२
काठमाडौं
झापा-५ मा ६२ हजार मत गन्दा ओली-बालेनले कति ल्याए ?

झापा क्षेत्र नम्बर ५ मा ६२ हजार १०० मतगणना भएको छ । 

मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन् । शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब २९ हजार मतान्तरले पछाडि पारेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बालेनले ३९ हजार २८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र १० हजार २९३ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर २८ हजार ९९१ पुगेको छ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतका साथ तेस्रो स्थानमा छन्। कांग्रेसकी उम्मेदवार मधुरा चिमरिया १०९६ मतमा सीमित भएकी छिन्।

salt training

कमेन्ट गर्नुहोस्