०७ साउन २०८३, बिहीबार

मुगुमा दुई केन्द्रको मतपेटिका आउन बाँकी, आजै गणना गर्ने तयारी

फागुन २३, २०८२
काठमाडौं
मुगुमा दुई केन्द्रको मतपेटिका आउन बाँकी, आजै गणना गर्ने तयारी

कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा अझै मतगणना शुरू भएको छैन ।

बिहीबार मतदान सम्पन्न भए पनि मुगुमा शनिबार बिहानसम्म मतपेटिका संकलनको काम सकिएको छैन । दुई केन्द्रको मतपेटिका सदरमुकाम गमगढी आइपुग्न बाँकी छ । 

जिल्ला निर्वाचन अधिकारी कमल प्रसाद उपाध्यायका अनुसार शनिबार बिहान साढे ११ बजेसम्म ती मतपेटिका सदरमुकाम ल्याइपुर्‍याउने तयारी छ । 

‘त्यसपछि सर्वदलीय बैठक बसेर गणना प्रक्रिया अघि बढाउँछौं’, निर्वाचन कार्यालय प्रमुख उपाध्यायले भने । 

salt training

कमेन्ट गर्नुहोस्