११ साउन २०८३, सोमबार
मतगणना अपडेट

जाजरकोटमा नेपाली कांग्रेसका खडक बुढा निर्वाचित

फागुन २३, २०८२
काठमाडौं
जाजरकोटमा नेपाली कांग्रेसका खडक बुढा निर्वाचित

जाजरकोटमा नेपाली कांग्रेसमा उम्मेदवार खडकबहादुर बुढा निर्वाचित भएका छन् ।

उनले पूर्वमन्त्री एवं नेकपामा उम्मेदवार शक्तिबहादुर बस्नेतलाई हराउँदै जित दर्ता गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका बुढाले २० हजार १८२ मतसहित जित निकाले ।

नेकपाका बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । 

तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरे । 

रास्वपाका राघव कार्कीले २४७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्