०५ साउन २०८३, मंगलबार

रूपन्देही ५ मा रास्वपाका खान विजयी

फागुन २३, २०८२
बुटवल
रूपन्देही ५ मा रास्वपाका खान विजयी

रूपन्देहीको क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तौफिक अहमद खान विजयी भएका छन् ।

उनले नेकपा (एमाले)का उम्मेदवार खिमलाल भट्टराईलाई २५ हजार ७ सय भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

खानले ३८ हजार ८०६ मत ल्याएर विजयी हुँदा भट्टराईले १३ हजार एक सय मत मात्रै पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, नेपाली कम्युनिस्ट पार्टीका मुहम्मद वकिल मुसलमानले ६ हजार १७६ र जनमत पार्टीका ओम प्रकाश यादवले ३ हजार १०९ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्