२२ असार २०८३, सोमबार

काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

फागुन २४, २०८२
काठमाडौं
काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

 बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा उम्मेदवारी दिएका मध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार थिए । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन सकेनन् ।

काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरे । यस क्षेत्रमा चार उम्मेदवारले एक हजारभन्दा कम मत ल्याए । सय मत नकटाउनेमा जनता समाजवादी पार्टी नेपाल का मानबहादुर तामाङ ले ७१, नेपाल मजदुर किसान पार्टी का राजु तामाङ ले ५२, प्रगतिशील लोकतान्त्रिक पार्टी का ज्ञानेन्द्रकुमार श्रेष्ठ ले ५६, समावेशी समाजवादी पार्टी का विनोद लामा ले ५०, नेशनल रिपब्लिकन नेपाल का भरत तामाङ ले ३५ तथा स्वतन्त्र उम्मेदवार जीवन लामा ले ९४ मत प्राप्त गरे ।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईं ले सबैभन्दा कम अर्थात् सात मत प्राप्त गरे ।

यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी का नवराज सत्याल ले ६९९, श्रम संस्कृति पार्टी का धीराज लामा ले २८७, मङ्गोल नेशनल अर्गनाइजेशन का कमलबहादुर लामा ले १५६, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कान्छा तामाङ ले १४९, संयुक्त नागरिक पार्टी का रत्न लामा ले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठ ले १६९ मत प्राप्त गरे ।

काभ्रेपलाञ्चोक–२ मा भने दर्जनभन्दा बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मितेरी पार्टी नेपाल का हरिबहादुर थापा ले १०, नेशनल रिपब्लिकन नेपाल का सुकमान तामाङ ले १५, मङ्गोल नेशनल अर्गनाइजेशन का उमेश लामा ले २८, नेकपा संयुक्त का राजन थापा ले २८, जनता समाजवादी पार्टी का रकम लामा ले ३२, राष्ट्रिय जनमोर्चा का सुवर्णविक्रम थापा ले ३९ मत प्राप्त गरे ।

यस्तै स्वतन्त्र उम्मेदवारहरू केशवराज तिमिल्सिनाले चार, लेनिन विष्ट ले आठ, गणेशप्रसाद अधिकारी ले ११, विष्णुकुमार श्रेष्ठ ले १३, सीताराम मैनाली ले २१, उमेश थापा ले २६, डिल्लीप्रसाद न्यौपाने ले ३१ र आशा तामाङ ले ५९ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्