२१ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

धनुषा १ मा विवादका बीच नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र

फागुन २५, २०८२
काठमाडौं
धनुषा १ मा विवादका बीच नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र

नेपाली कम्युनिस्ट पार्टी नेकपाका मातृकाप्रसाद यादव धनुषा क्षेत्र नम्बर १ मा विजयी घोषित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि घण्टी चिह्नमा सर्वाधिक मत परेपछि परिणाम घोषणा नगरी स्थगनमा राखिएको थियो ।

सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि परिणाम घोषणा गरी यादवलाई प्रमाणपत्र दिइएको हो ।

सर्वोच्चले अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई फागुन २९ गते बोलाएको छ ।

यादवले उम्मेदवारी कायम रहेकामध्ये सबै भन्दा बढी मत पाएका थिए ।

उनले १० हजार ४०३ मत पाउँदा कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्