०६ साउन २०८३, बुधबार

विष्णु पौडेलको चुनावी खर्च २८ लाख रुपैयाँ

फागुन २६, २०८२
बुटवल
विष्णु पौडेलको चुनावी खर्च २८ लाख रुपैयाँ
फाइल फोटो

रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा १० शीर्षकमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएसँगै उनले उक्त विवरण सार्वजनिक गरेका हुन् । 

मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धन खर्च ८ लाख ९७ हजार २७५, छापा एवं विद्युतीय प्रचार-प्रसार ८ लाख ३८ हजार, छपाइमा १ लाख ९० हजार, गोष्ठी कार्यकर्ता परिचालन ५५ हजार, अन्तरक्रिया ४० हजार, एसएमएस १ लाख ७५ हजार, प्रतिनिधि परिचालन २६ हजार ५००, कार्यालय सञ्चालन २ लाख ६५ हजार र विविधमा २ लाख २२ हजार ३२५ खर्च भएको पौडेलले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पौडेल रूपनदेही २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुलभ खरेलसँग पराजित भएका थिए ।

आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्यांकनका आधारमा पाँच वर्गमा विभाजन गरी २५ लाख देखि ३३ लाख रूपैयाँ सम्मको खर्च निर्धारण गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्