०७ साउन २०८३, बिहीबार

रविको चुनाव खर्च १० लाखभन्दा पनि कम

फागुन २७, २०८२
काठमाडौं
रविको चुनाव खर्च १० लाखभन्दा पनि कम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । चितवन-२ बाट उम्मेदवार बनेर विजयी भएका लामिछानेले प्रतिनिधि सभा चुनावमा ९ लाख ८९ लाख हजार खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् । 

लामिछानेले मनोनयनमा १० हजार, नमुनापत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धनमा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २००, वडास्तरीय प्रचारमा ४६ हजार, प्रचार सामग्री (झण्डालगायत)मा १ लाख १२ हजार खर्च भएको उल्लेख गरेका छन् ।

निर्वाचनमा भाग लिएका उम्मेदवारले आफ्नो चुनाव खर्चको विवरण सार्वजनिक तथा निर्वाचन आयोगमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा चुनावी खर्च विवरण बुझाएका हुन् ।

यसअघि रास्वपाकै वरिष्ठ नेता बालेन शाहले पनि निर्वाचन खर्च सार्वजनिक गरेका थिए । उनको निर्वाचन खर्च १४ लाख १७ हजार रहेको छ ।  

 

null

salt training

कमेन्ट गर्नुहोस्