०५ साउन २०८३, मंगलबार

कुन्तीदेवी पोखरेलको चुनावी खर्च १५ लाख ९५ हजार

फागुन २७, २०८२
काठमाडौं
कुन्तीदेवी पोखरेलको चुनावी खर्च १५ लाख ९५ हजार
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कुन्तीदेवी पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीसँग पराजित पोखरेलले फागुन २१ गते भएको निर्वाचनमा १५ लाख ९५ हजार ५०० रुपैयाँ खर्च गरेकी छिन् ।

आफ्नो चुनावी खर्च विवरण बुधबार निर्वाचन आयोगमा बुझाएसँगै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।

निर्वाचित केसीले ३४ हजार २३८ मत प्राप्त गर्दा पोखरेलले ५ हजार २१० मत प्राप्त गर्दै तेस्रो बनेकी थिइन् ।

यस्तै दोस्रो बनेका नेपाली कांग्रेसका कवीर शर्माले ८ हजार ८७४ मत प्राप्त गरेका थिए ।

null

 

salt training

कमेन्ट गर्नुहोस्