१० साउन २०८३, आइतबार

समानुपातिक सूची टुंग्याउँदै रास्वपा, प्रवक्ता भन्छन्– मन्त्रीको विषयमा छलफल भएको छैन

चैत १, २०८२
काठमाडौं
समानुपातिक सूची टुंग्याउँदै रास्वपा, प्रवक्ता भन्छन्– मन्त्रीको विषयमा छलफल भएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूको नामावली आज (आइतबार)  टुंग्याउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताए । उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए । 

'औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल भएको छैन,' पार्टी केन्द्रीय कार्यालय परिसरबाट झाले भने, 'निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।'

सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्