०९ साउन २०८३, शनिबार
नयाँ सरकारको गृहकार्य

बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा तलमाथि हुँदैन, आशंका नगरियोस्- रास्वपा प्रवक्ता

चैत १, २०८२
काठमाडौं
बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा तलमाथि हुँदैन, आशंका नगरियोस्- रास्वपा प्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउनेबारे विगतमा गरिएको सहमतिमा कुनै तलमाथि नहुने बताएका छन् ।

प्रधानमन्त्री नियुक्त हुनुअघि बालेन रास्वपाको संसदीय दलको नेता बन्नु पर्छ । आइतबार बसेको सचिवायल बैठकपछि पत्रकारले सोधेको एक प्रश्नको जवाफमा झाले दलको नेता बनाउन विधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

‘विधान संशोधनको प्रोसेसका लागि केन्द्रीय समिति बैठक कुर्नुपर्छ । आन्तरिक र अनौपचारिक छलफल गरेका छौं’, झाले भने, ‘दलको नेता बनाउन प्रक्रियागत रूपमा अगाडि बढाउन केही नेताको उपस्थितिको प्रतीक्षामा छौं, बिरामी परेकाले कुरिराखेका छौं ।’

प्रवक्ता झाले बालेनसँग गरिएको प्रतिबद्धता तलमाथि नहुने स्पष्ट गरे । ‘केही विषय स्पष्ट पारौं, विगतमा भएको सहमतिप्रति हामी जिम्मेवार छौं, प्रतिबद्धता बिर्सेका छैनौं । केही तलमाथि हुन्छ कि भन्ने आशंका नगरियोस्’ झाले भने ।

पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र बालेनले गरेको ७ बुँदे सहमतिमा बालेनलाई प्रधानमन्त्री बनाउने उल्लेख छ ।

यसैबीच, रास्वपाले आज समानुपातिक सांसदका लागि ५७ जनाको नाम आयोगमा पेस गर्ने निर्णय गरेको छ । यसका लागि रास्वपाले ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्