
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन पाउने भएका छन् ।
कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपालीहरू साउदी हुँदै नेपाल फर्किन पाउने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले आइतबार एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत् साउदी अरबको भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ ।
भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल फर्किन सकिने दूतावासले जनाएको छ ।
साउदी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।
