१२ असार २०८३, शुक्रबार

काठमाडौंको भीमढुङ्गाबाट १ करोड १६ लाखसहित २ जना पक्राउ​

चैत २, २०८२
काठमाडौं
काठमाडौंको भीमढुङ्गाबाट १ करोड १६ लाखसहित २ जना पक्राउ​

हुण्डी तथा अभौतिक मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूबाट एक करोड १६ लाख नगद समेत बरामद गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा हुण्डी कारोबार हुँदै गरेको सूचना पाएपछि प्रहरीले अपरेसन चलाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा भीमढुङ्गाका सागर गिरी र प्रमोदप्रसाद धिताल छन् ।​

उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिको नाममा रहेका चेकहरू, नागरिकता, कार, मोटरसाइकल, ६ वटा मोबाइल, एनसेल र एनटीसीका ३१ वटा सिम कार्ड बरामद गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्