३२ असार २०८३, बिहीबार

दिल्लीको एक भवनमा आगलागी, एकै परिवारका सात जनाको मृत्यु

चैत ४, २०८२
काठमाडौं
दिल्लीको एक भवनमा आगलागी, एकै परिवारका सात जनाको मृत्यु

भारतको दिल्लीस्थित पालममा एक घरमा आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन बालबालिका पनि छन् ।

पीटीआईका अनुसार बुधबार बिहान ७ बजेतिर आगलागी भएको हो । 

समाचार एजेन्सी एएनआईले आगलागीको जानकारी पाएपछि घटनास्थलमा ३० वटा दमकल पठाइएको जनाएको छ ।

समाचारअनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल थियो र माथिल्लो तल्लामा मानिसहरू बस्थे ।

यद्यपि, आगलागी हुँदा घरमा कति मानिसहरू थिए भन्ने यकिन भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्