०४ साउन २०८३, सोमबार

सन्दीप लामिछानेले बेल्जियममा ईयू टी–२० लिग खेल्ने

चैत ४, २०८२
काठमाडौं
सन्दीप लामिछानेले बेल्जियममा ईयू टी–२० लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले निकट भविष्यमा बेल्जियममा फ्रेन्चाइज क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले बेल्जियमको ईयू टी–२० लिग खेल्न लागेका हुन् । उक्त लिगका लागि सन्दीप लिज रेड लायन्सको टोलीमा आबद्ध भएको समाचारमा जनाइएको छ ।

सन्दीप आबद्ध टोलीमा चर्चित खेलाडी कोरी एन्डर्सन, सोएब मलिक र क्रिस लिन पनि रहेका छन् । टोलीको प्रशिक्षक भने हर्सेल गिब्स हुन् ।

ईयू टी–२० लिगको पहिलो संस्करण आगामी मे ३० देखि जुन ७ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्