०५ साउन २०८३, मंगलबार
महान्यायाधिवक्ता कार्यालयविरुद्धको रिट

रवि जोडिएको मुद्दामा सुनुवाइ सकियो

चैत ५, २०८२
काठमाडौं
रवि जोडिएको मुद्दामा सुनुवाइ सकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसूर फिर्ता लिने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्धको रिटमा सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सकिएको हो । यो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको थियो ।

लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखी बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते संशोधन गरेकी थिइन् ।

सो संशोधनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र अभियन्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्