०५ साउन २०८३, मंगलबार

इटालीमा संविधान संशोधनका लागि मतदान

चैत ८, २०८२
काठमाडौं
इटालीमा संविधान संशोधनका लागि मतदान

इटालीमा यस सप्ताहान्तमा संविधान संशोधनका लागि महत्वपूर्ण जनमतसंग्रह हुन लागेको छ। यस मतदानलाई प्रधानमन्त्री जोर्जिया मेलोनीको साढे तीन वर्षको कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको छ।

मेलोनी सरकारले न्याय प्रणालीमा सुधार गर्ने भन्दै न्यायाधीश र सरकारी वकिलहरूको कार्यक्षेत्र अलग गर्ने प्रस्ताव गरेको छ। 

मेलोनीले यसबाट न्याय प्रणाली थप दक्ष र जिम्मेवार हुने दाबी गरेकी छिन्। तर, विपक्षी दल र ट्रेड युनियनहरूले यसलाई लोकतन्त्रमाथिको खतरा र न्यायपालिकालाई राजनीतिक नियन्त्रणमा राख्ने प्रयास भन्दै विपक्षमा भोट हाल्न अपिल गरेका छन्।

युवा मतदाताहरूलाई आकर्षित गर्न मेलोनीले परम्परागत राजनीतिक मञ्च छोडेर चर्चित र्‍यापर र पोडकास्टरहरूसँग समेत अन्तर्वार्ता दिएकी छिन्। बढ्दो इन्धनको मूल्य र अन्तर्राष्ट्रिय तनावका कारण आम नागरिकमा असन्तुष्टि रहेका बेला यो मतदान मेलोनी विरुद्धको 'प्रोटेस्ट भोट' बन्न सक्ने डर सत्तापक्षलाई छ।

यदि जनमतसंग्रहमा मेलोनीको प्रस्ताव अस्वीकृत भएमा उनी राजनीतिक रूपमा निकै कमजोर हुनेछिन्। यद्यपि, उनले हार बेहोरे पनि राजीनामा भने नदिने स्पष्ट पारेकी छिन्। यदि जितेमा उनले प्रधानमन्त्रीको अधिकार बढाउने गरी थप संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुल्ने समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्