०२ साउन २०८३, शनिबार

पोखरा विमानस्थल प्रकरण: तत्कालीन पर्यटनसचिवसहित २१ व्यक्ति २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

चैत ८, २०८२
काठमाडौं
पोखरा विमानस्थल प्रकरण: तत्कालीन पर्यटनसचिवसहित २१ व्यक्ति २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग दावी गरिएको छ ।

यस मुद्दामा तत्कालीन सचिव अधिकारीका अलावा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीलाई पनि प्रतवादी बनाइएको छ ।

तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, तत्कालीन निर्देशक ध्रुवदास भोछिभोयाको हकमा श्रीमती मुनादेवी श्रेष्ठ, तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैँजु, लेखा अधिकृत प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत सबिन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योति थापा, तत्कालीन अधिकृत राजाराम चौधरीलाई पनि प्रतिवादी बनाइएको छ ।

यसका अलावा परामर्शदाता कम्पनी ईआरएमसी-ए नट-स्लेट जेभी तथा त्यसको मुख्य व्यक्ति भई काम गर्ने यमबहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी तथा प्रमोद दवाडी र निर्माण व्यवसायी चाइना सीएएमसी इन्जिनियरिङ र त्यसको मुख्य व्यक्ति भई काम गर्ने अध्यक्ष वाङ बो तथा पोजेक्ट म्यानेजर याङ झियाङलाई पनि प्रतिवादी बनाइएको छ ।

यो पनि पढ्नुहोस् : 

पोखरा विमानस्थल प्रकरण : एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

salt training

कमेन्ट गर्नुहोस्