२९ असार २०८३, सोमबार

ट्रम्प र बेलायती प्रधानमन्त्रीबीच के विषयमा भयो टेलिफोन वार्ता ?

चैत ९, २०८२
काठमाडौं
ट्रम्प र बेलायती प्रधानमन्त्रीबीच के विषयमा भयो टेलिफोन वार्ता ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री किएर स्टार्मरबीच मध्यपूर्वको बढ्दो तनाव र विश्वव्यापी सुरक्षाका विषयमा टेलिफोन वार्ता भएको छ। दुई नेताहरूबीचको यो संवाद विशेषगरी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' लाई पुनः सञ्चालन गर्ने र विश्वव्यापी ढुवानीलाई सुरक्षित बनाउने विषयमा केन्द्रित रहेको समाचारहरुमा उल्लेख छ । 

डाउनिंग स्ट्रीटले जारी गरेको जानकारी अनुसार ट्रम्प र स्टार्मर दुवैले होर्मुज स्ट्रेटलाई तत्काल खोल्न आवश्यक रहेको कुरामा सहमति जनाएका छन्। 

इरानले यो जलमार्ग बन्द गरेपछि विश्वको ऊर्जा बजारमा देखिन सक्ने अस्थिरताप्रति दुवै नेताले गम्भीर चासो व्यक्त गरेका छन्। 

उनीहरूले अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति र मूल्यलाई स्थिर राख्नका लागि यो मार्ग खुला हुनु अनिवार्य रहेको निष्कर्ष निकालेका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले इरानलाई दिएको ४८ घण्टाको अल्टिमेटम अब अन्तिम चरणमा पुगेको छ। ट्रम्पले इरानलाई बिना सर्त होर्मुज स्ट्रेट खोल्न चेतावनी दिँदै अब मात्र २४ घण्टाको समय बाँकी रहेको स्मरण गराएका छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्