१० साउन २०८३, आइतबार

युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हवाई हमला

चैत ११, २०८२
काठमाडौं
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हवाई हमला

रूसले युक्रेनमा अहिलेसम्मकै ठूलो हवाई हमला गरेको छ । रूसले पछिल्लो २४ घन्टामा अहिलेसम्मको ठूलो हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार गएको २४ घन्टामा रूसले युक्रेनमा ९४८ वटा ड्रोन प्रहार गरेको छ।

स्थानीय समयअनुसार मंगलबार बिहानदेखि मात्रै ५५६ ड्रोन प्रहार गरिएको युक्रेनी पक्षले जनाएको छ । मंगलबार दिउँसो पनि रूसले युक्रेनमा ड्रोन हानेको थियो । दिउँसोको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ल्भिभमा १६औं शताब्दीको बर्नार्डिन मठ क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै छिमेकी इभानो-फ्राङ्किभ्स्क क्षेत्रमा रहेको एक प्रसूति अस्पताल पनि आक्रमणमा परेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले भिडियो सम्बोधनमार्फत पछिल्लो आक्रमणको परिमाणले रुसले युद्ध अन्त्य गर्ने कुनै मनसाय नरहेको स्पष्ट देखाएको बताएका छन् । यद्यपि, यसबारे रुसको सेनाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

salt training

कमेन्ट गर्नुहोस्