२८ असार २०८३, आइतबार

अर्थमन्त्री खनालको टिप्पणी- साइत हेराएर शपथ लिने परम्परा कत्ति मन परेन !

चैत ११, २०८२
काठमाडौं
अर्थमन्त्री खनालको टिप्पणी- साइत हेराएर शपथ लिने परम्परा कत्ति मन परेन !

अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताएका छन् ।

अबको प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन्द्र (बालेन) शाहले शुक्रबार दिउँसो शपथको साइत जुराएको भनेर सार्वजनिक भएका प्रसङ्गमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

बालेनले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ लिने गरेर साइत जुराएको भन्ने खबर सार्वजनिक भएका छन् । 

अर्थमन्त्री खनालले आफूहरूले साइत नहेराइकनै शपथ लिएर पनि इतिहासमै पहिलोपटक स्वच्छ निर्वाचन गरेको उल्लेख गरेका छन् ।

‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन । हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन’, मन्त्री खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !’

खनाल जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वका सरकारका अर्थमन्त्री हुन् । उनको उक्त पोस्टमा विभिन्नखाले प्रतिक्रिया आइरहेका छन् । कतिपयले आलोचना समेत गरेका छन् ।

सायद यसैलाई संकेत गरेर हुन सक्छ उनले सामाजिक सञ्जालमा अर्को पोस्ट गरेका छन् । जहाँ उनले लेखेका छन्, ‘विचारको प्रतिवाद गर्न सक्नु हुन्छ, तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नलाग्नु होला है !’

 

salt training

कमेन्ट गर्नुहोस्