०७ साउन २०८३, बिहीबार
केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसको कार्यतालिका संशोधन- भदौ २ बाट वडा अधिवेशन‚ असोज १७ देखि १९ मा १५ ‍औं महाधिवेशन

चैत ११, २०८२
काठमाडौं
कांग्रेसको कार्यतालिका संशोधन- भदौ २ बाट वडा अधिवेशन‚ असोज १७ देखि १९ मा १५ ‍औं महाधिवेशन

नेपाली कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ । 

पार्टीको आज बुधबारको केन्द्रीय कार्यसमिति बैठकले भदौ २ बाट वडा अधिवेशन शुरू गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकमा साउन ६ गतेबाट वडा अधिवेशन शुरू गर्ने गरी कार्यतालिका प्रस्तुत भएको थियो । बुधबार उक्त कार्यतालिका संशोधन भएको हो ।

यस्तै, गाउँ नगर अधिवेशन भदौ ७ गतेलाई सारिएको छ । यसअघिको प्रस्तावित कार्यतालिका साउन १२ मा तोकिएको थियो । कांग्रेसले साउन २३ मा प्रस्ताव गरेको प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई संशोधन गर्दै भदौ १७ गते गर्ने निर्णय गरेको छ । 

यस्तै, साउन ३० मा प्रस्ताव गरिएको क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन भदौ २४ गते गर्ने निर्णय भएको छ । 

यसबाहेक भदौ ६ र ७ गते गर्ने भनिएको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन अब असोज २ र ३ गतेलाई सारिएको छ । 

केन्द्रीय समिति बैठकले भदौ १५ र १६ मा गर्ने प्रस्ताव गरेको सातै प्रदेशको अधिवेशनलाई असोज ७ र ८ गते गर्ने निर्णय गरेको छ । 

भदौ २४ देखि २६ सम्म हुने प्रस्ताव गरेको केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते काठमाडौं गर्ने निर्णय कांग्रेसले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्