०४ साउन २०८३, सोमबार

महाभारतको प्रसंग उल्लेख गर्दै ओलीले भने– सेना सानो भएपनि सत्यले जित्छ

चैत १२, २०८२
काठमाडौं
महाभारतको प्रसंग उल्लेख गर्दै ओलीले भने– सेना सानो भएपनि सत्यले जित्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभारतको प्रसंग सुनाउँदै पार्टीका सांसदहरूको हौसला बढाउने प्रयास गरेका छन् ।

कुरुक्षेत्रको युद्धमा कौरवको सेना ठूलो भए पनि पराजित भएको प्रसंग सुनाउँदै ओलीले आफूहरू थोरै भए पनि सत्यले जित्ने बताए ।

'महाभारतको युद्धमा कौरवको सेना निकै ठूलो थियो । सञ्जयले धृतराष्ट्रलाई भने– भीष्मद्वारा हाँकिएको त्यो हाम्रो सेना विशाल छ । तर, पाण्डवको सेना थोरै छ, जसको नायक भीम छ,' सञ्जय-धृतराष्ट्र संवादको प्रसंग उल्लेख गर्दै बिहीबार च्यासलमा ओलीले भने, 'कौरवको सेना ठूलो र पाण्डवको सेना सानो थियो, तर नतिजा सत्यको पक्षमा आयो । सत्यको पक्षमा आउँछ ।'

२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले तेस्रो दलका रूपमा खुम्चिएको थियो । प्रतिनिधिसभामा एमालेका जम्मा २५ सांसद छन् । पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद छन् ।

शपथपछि एमाले सांसदलाई च्यासलस्थित केन्द्रीय आयोगमा बोलाएर ओलीले सम्बोधन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्