
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले बालेनलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
‘पार्टी सभापति रवि लामिछानेज्यूले पार्टी वरिष्ठ नेता बालेन्द्र साहज्यूलाई संसदीय दलको नेता चयन गर्न गर्नुभएको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ‚’ प्रवक्ता मनिष झाले भने ।
अब यो निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि बालेन पार्टी संसदीय दलको नेता बन्नेछन् ।
संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।