१० साउन २०८३, आइतबार

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : पद्मा अर्याल

चैत १२, २०८२
काठमाडौं
गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : पद्मा अर्याल

नेकपा एमालेका सचिव पद्मा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छिन् ।

सङ्घीय संसदमा आज शपथग्रहण गरिसकेपछि उनले प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

'प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो प्रतिबद्धता हुन्छ, सहकार्यको अपेक्षा हुन्छ,' एमाले सचिव अर्यालले भनिन्, 'हाम्रो चाहना भनेको जनसेवा र राष्ट्र सेवा हो, यसका लागि धेरै लोकतान्त्रिक शक्तिहरूसँग मिलेर काम गर्नुपर्ने हुन्छ, मुलुकको विकास र समृद्धि जनताको आवाजलाई बुलन्द बनाउन आफ्ना भूमिकालाई प्रभावकारी बनाउँछौ ।'

उनले संसद् सदस्यको हैसियत शपथ ग्रहण गरिरहँदा निजी उपलब्धि नभई जनताको विश्वास र अपेक्षासहितको जिम्मेवारी भएको बताइन् ।

'संसद्‌मा हामी प्रतिपक्षको भूमिकामा हुनेछौ, पारदर्शिता र सुशासन कायम गराउने विषयमा खबरदारी गर्ने काम गर्छौं,' उनले थपिन्, 'अब बन्ने सरकारका निम्ति प्रतिपक्ष भएको हैसियतले विरोध नै गर्नुपर्छ भन्ने होइन, राम्रो काममा साथ र सहयोग रहन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्