
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
बालेनले प्रधानमन्त्रीको शपथ लिएलगत्तै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बधाई दिएका हुन् ।
शुभकामना सन्देशमा मोदीले बालेनसँग नजिकबाट काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।
दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन आफू आतुर रहेको मोदीको भनाइ छ । नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिने मोदी पहिलो विदेशी प्रधानमन्त्री हुन् ।
आजै प्रधानमन्त्री नियुक्त भएका बालेनले केही बेरअघि मात्रै शपथ लिएका थिए ।
उनले कार्यभार सम्हाल्नै बाँकी छ । अब केही बेरमा बालेनले सिंहदरबारमा कार्यभार सम्हाल्ने तयारी छ ।
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
— Narendra Modi (@narendramodi) March 27, 2026
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even…