०३ साउन २०८३, आइतबार

परराष्ट्रमन्त्री खनाललाई बधाई दिँदै भारतीय विदेशमन्त्रीले भने- परम्परागत साझेदारीलाई सुदृढ बनाउन तत्पर छु

चैत १३, २०८२
काठमाडौं
परराष्ट्रमन्त्री खनाललाई बधाई दिँदै भारतीय विदेशमन्त्रीले भने- परम्परागत साझेदारीलाई सुदृढ बनाउन तत्पर छु

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनले शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिँदै परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन नजिकबाट काम गर्न तत्पर रहेको बताएका हुन् । 

'नेपालको परराष्ट्रमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा शिशिर खनाललाई हार्दिक शुभकामना,' उनले भनेका छन्, 'हाम्रो परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन नजिकबाट काम गर्न तत्पर छु।'

 

salt training

कमेन्ट गर्नुहोस्