०५ साउन २०८३, मंगलबार
मन्त्रिपरिषद् बैठक

जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय

चैत १३, २०८२
काठमाडौं
जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार अपराह्न बसेको बैठकले जेनजी आन्दोलनसहित अहिलेसम्मका सम्पूर्ण आन्दोलनका ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।

भदौ २३ र २४ को आन्दोलनका सन्दर्भमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको थियो । 

आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाहीको सिफारिश गरेको छ ।

यसका साथै, सुरक्षा निकायको हकमा अध्ययन गर्न कार्यदल गठन गर्ने, शासकीय सुधारका लागि १०० बुँदा पारित गर्ने र महान्यायाधिवक्ताको सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षामन्त्री सम्मित पोखरेललाई दिने निर्णय पनि गरेको छ ।
 


 

salt training

कमेन्ट गर्नुहोस्