०२ साउन २०८३, शनिबार

ओली पक्राउपछि योगेशको प्रतिक्रिया- सरकारले प्रतिशोध लिनु हुँदैन, बदलाको भावनाले द्वन्द्व सृजना हुन्छ

चैत १४, २०८२
काठमाडौं
ओली पक्राउपछि योगेशको प्रतिक्रिया- सरकारले प्रतिशोध लिनु हुँदैन, बदलाको भावनाले द्वन्द्व सृजना हुन्छ

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई नेकपा एमालेका उपाध्यक्ष योगेश भट्टराईले प्रतिशोधको संज्ञा दिएका छन् । पार्टीको आकस्मिक सचिवालय बैठकमा पुगेका उनले सबै विषय बैठकमा छलफल हुने र निष्कर्ष निकाल्ने बताए । 

उनले सबै परिस्थितिको मूल्यांकन गर्ने भन्दै लोकतान्त्रिक व्यवस्थामा सरकार आक्रामक हुन नहुने तथा संयमित भएर अघि बढ्नुपर्ने धारणा राखे । ‘सरकारले प्रतिशोध लिनु हुँदैन । बदलाको भावनाले मुलुकमा थप द्वन्द्वको स्थिति सृजना हुन्छ‚’ उनले भने‚ ‘पार्टीले यसको मूल्यांकन गर्छ‚ कानुनी राजनीतिक सबै पाटो हेरेर धारणा बनाउँछ । यो प्रतिशोध हो ।’

उनले प्रतिवेदन अध्ययन नगरी सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए । साथै देशमा भएको कानुन विधि र संविधानको आधारमा उपचार खोज्ने पनि उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्