३२ असार २०८३, बिहीबार
एमाले सचिवालय बैठकको निर्णय

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

चैत १४, २०८२
काठमाडौं
ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग
फाइल फोटो

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ गैरकानूनी रहेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'को अध्यक्षतामा शनिबार बसेको सचिवालय बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेको हो ।

शनिबार बिहान बसेको बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकलाई प्रतिशोधपूर्ण पक्राउ गरिएको बताए ।

‘आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी पक्राउको निन्दा र भर्त्सना गर्दछ,’ पोखरेलले भने, ‘उक्त गिरफ्तारी​ ​लोकतान्त्रिक मूल्य र कानूनी शासन विपरीत रहेकोले तत्काल रिहा गर्न माग गर्दछु ।’ 

यस्तै, एमालेले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्