०८ साउन २०८३, शुक्रबार

ओली पक्राउको विरोधमा गुल्मीको तम्घासमा एमालेको राँकेजुलुस

चैत १४, २०८२
बुटवल
ओली पक्राउको विरोधमा गुल्मीको तम्घासमा एमालेको राँकेजुलुस

​नेकपा एमाले, गुल्मीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउको विरोधमा शनिबार साँझ  तम्घासमा राँकेजुलुस निकालेको छ ।

पार्टी केन्द्रको सर्कुलरअनुसार पार्टीको भ्रातृ संगठनले विरोध प्रदर्शन गरेको हो ।

जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा शनिबार बिहान अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि एमाले त्यसको विरोधमा उत्रिएको हो ।

विरोध प्रदर्शनका क्रममा उनीहरूले ओलीलाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

कानूनी राज्यको सिद्धान्त विपरीत गरिएको पक्राउको विरुद्धमा एमालेले आन्दोलनलाई कडा बनाउँदै लैजाने एमालेको तयारी छ ।​​

राँकेजुलुससहित एमाले कार्यकर्ता बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडिसम्म पुगेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्