२३ असार २०८३, मंगलबार

हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी

चैत १६, २०८२
काठमाडौं
हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी
फाइल फोटो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

सुनिता खड्का नाम गरेकी एक महिलाले आफू र आफ्ना परिवारको ज्यान मार्ने धम्की दिएको भन्दै प्रतिनिधिसभा सदस्य राईले सोमबार ब्यूरोमा उजुरी दिएका हुन् ।

उजुरीमा साम्पाङले भनेका छन्, ‘म लगायत मेरो परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिई टिकटक, फेसबूक जस्ता सामाजिक सञ्जालबाट अपशब्द प्रयोग गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारबाही गरिपाऊँ ।’

null

salt training

कमेन्ट गर्नुहोस्